मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

न्यु ब्रेजा नेपालमा

न्यु ब्रेजा नेपालमा


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८३, मंगलबार

काठमाडौं/नेपालमा सुजुकी गाडीहरूको अधिकृत वितरक सुजुकी नेपालले सामेबार ‘न्यु ब्रेजा’ सार्वजनिक गरेको छ । नयाँ पुस्ताका ग्राहकलाई ध्यानमा राखी तयार पारिएको यो एसयुभी पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र सर्वथा नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसनसहित नेपाली बजारमा आएको हो ।

नयाँ लुक, बलियो इन्जिन र सुरक्षाका नयाँ फिचरले यसलाई सहरको भिडभाडमा सहज र खुला राजमार्गमा उत्तिकै भरपर्दो बनाएका छन् । न्यु ब्रेजा मंगलबारदेखि भदौ १४ गतेसम्म चल्ने नाडा अटो शोको सुजुकी प्याभिलियनको स्टल ए ८२ मा प्रदर्शनमा रहनेछ।

न्यु ब्रेजा टर्बो बुस्टरजेटमा ५,५०० आरपिएममा अधिकतम ८१ किलोवाट शक्ति र २,०००–३,५०० आरपिएममा १७० न्य्टन–मिटर टर्क दिने इन्जिन छ । जसले सहरका साँघुरा सडकदेखि खुला राजमार्गसम्म भरपर्दो प्रदर्शन गर्छ ।

फरक रुचि र आवश्यकता पूरा गर्न न्यु ब्रेजा विभिन्न पावरट्रेन विकल्पमा उपलब्ध छ।स्टियरिङमै जडित प्याडल सिफ्टरसहितको ६–स्पिड स्वचालित ट्रान्समिसन विकल्प पनि उपलब्ध छ।नयाँ स्मोक क्रोम ग्रिल, मेटालिक ग्रे बुल बार र स्किड प्लेट डिजाइन तथा परिमार्जित ड्युअल–टोन साइड क्ल्याडिङले यसलाई अझ प्रिमियम र आत्मविश्वासी रूप दिएका छन् ।

भेन्टिलेटेड फ्रन्ट सिट, अटोप्युरिफाइ र वायु गुणस्तर डिस्प्लेसहितको पिएम२.५ फिल्टर, र एक्टिभ कुलिङसहितको वायरलेस स्मार्टफोन चार्जरजस्ता सुविधाले दैनिक यात्रालाई सहज बनाउँछन् । अल्ट्रा हाइ–टेन्साइल र हाइ–टेन्साइल स्टिलको व्यापक प्रयोग गरिएको बलियो बडी स्ट्रक्चरले सुरक्षालाई गाडीको जगैदेखि सुनिश्चित गर्छ ।

न्यु ब्रेजाभाइभेसियस अरेन्ज र लस्ट्रस बेज २ रङका भित्रिएका छन् । यसबाहेक पर्ल ब्लुइस ब्ल्याक, म्याग्मा ग्रे, सिज्लिङ रेड, स्प्लेन्डिड सिल्भर र पर्ल आर्कटिक ह्वाइट पनि उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->