पोखरा/ नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने भएको छ । केही बेर अघि बसेको संसदीय बोर्डको बैठकले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक देवका पहारीले जानकारी दिइन् ।
संसदीय दलको निर्णयपछि एमालेका सबै चारैजना मन्त्रीले सामुहिक राजीनमा बुझाउँदै छन् । पहारीका अनुसार मन्त्रीको राजीनामा पछि कसरी अघि बढ्ने भन्ने छलफल भने बाँकी छ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच केन्द्र्रमा सहमति भएपछि गण्डकीमा पनि सरकारबाट एमाले बाहिरिएको हो ।
एमालेबाट गण्डकीमा गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन, भीम बहादुर कार्की कृषि र लक्ष्मण बहादुर पाण्डे स्वास्थ्य मन्त्री छन् ।





