मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

विरेठाँटीमा पूजा गरि भरियो ग्याबिन, नयाँपुल– घान्द्रुक सडक खुलाउने प्रयास

विरेठाँटीमा पूजा गरि भरियो ग्याबिन, नयाँपुल– घान्द्रुक सडक खुलाउने प्रयास


  • ढाेरपाटन संवाददाता
  • भाद्र ९ २०८३, मंगलबार

पोखरा / कास्कीको अन्नपूर्ण गाउँपालिकामा स्थित मोदी खोलामा आएको बाढीले ठूलो क्षति पु¥याएपछि पूजा गरि तट्बन्ध लगाउने काम सुरु गरिएको छ ।

यस वर्षको वर्खाले अन्नपूर्ण गाउँपालिकाको पाँच वटा वडालाई निकै क्षति पु¥याएको थियो । वडा नम्बर ७, ८, ९, १० र ११ मा सबैभन्दा बढी क्षति पुगेको थियो । पर्यटकीय गाउँ घान्दु्रक जाने मुख्य सडक खण्ड नै पहिरोले बगाएको थियो ।

गाउँपालिका–८ बिरेठाँटीमा ग्याबिन जाली निर्माण कार्य सुरु भएको हो । मोदीखोलाको कटानबाट बस्ती जोगाउन र सडक पुनर्निर्माणका लागि ग्याबिन जाली भर्ने काम सुरु भएको हो ।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले विधिवत् पूजा गरेपछि नेपाली सेनाको जनशक्ति परिचालन गरि जाली भर्ने काम भएको हो । बिरेठाँटी–घान्द्रुक, घोरेपानी सडक यातायात यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने गरि काम सुरु भएको छ । अध्यक्ष केसीले सडक मार्ग पुननिर्माणमा सबैको सहकार्य आवश्यक रहेको भन्दै सहयोग गर्न अपिल गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->