मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

पोखरा–दुवई उडाबारे पर्यटन व्यवसायी र यूएइका राजदूतबीच छलफल

पोखरा–दुवई उडाबारे पर्यटन व्यवसायी र यूएइका राजदूतबीच छलफल


  • ढाेरपाटन संवाददाता
  • भाद्र ९ २०८३, मंगलबार

पोखरा / पोखराबाट दुबई सिधै उडान हुनेभएपछि पोखरेली पर्यटन व्यवसायि र यूएइका राजदुत बीच छलफल भएको छ ।
नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसी र व्यवसायिहरुबीच भेट भएको हो ।

पोखराबाट दुबईको नियमित उडान पोखराको मात्र नभइ समग्र नेपालकै पर्यटन विकासका लागि ऐतिहासिक र महत्वपूर्ण उपलब्धि भएको व्यवसायीहरूले बताएका छन् । यसलाई सफल र दीगो बनाउन सबै पक्षबाट आवश्यक पहल र सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

छलफलका क्रममा दुबई जाने कामदारका लागि लागू गरिएको पिसिसी प्रक्रियालाई तत्काल हटाउन सम्भव नभए पनि पर्यटक भिसामा दुबई जाने नेपाली यात्रुका लागि पिसिसी अनिवार्य गर्ने प्रक्रिया तत्काल हटाउन राजदूतसमक्ष अनुरोध गरिएको थियो । यस विषयमा राजदूतबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको व्यवसायिहरुले बताएका छन् ।

पोखरा–दुबई उडानलाई सफल बनाउन पर्यटन व्यवसायी, गण्डकी प्रदेश सरकार, स्थानीय सरकारलगायत सबै सम्बन्धित पक्षले आ–आफ्नो क्षेत्रबाट पूर्ण सहयोग र प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नाटा गण्डकी प्रदेशका पूर्वअध्यक्ष पोम नारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बासुदेव त्रिपाठी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, होटल संघ गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, नाटा गण्डकी प्रदेशका कार्यकारी सदस्य विजय पौडेल तथा विशेष उपस्थितिका रूपमा नाटा केन्द्रीय अध्यक्ष भरतजंग पाण्डे लगायत पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->