मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

राजीनामा दिनबाट किन रोकिए गण्डकीमा एमालेका मन्त्रीहरु ?

राजीनामा दिनबाट किन रोकिए गण्डकीमा एमालेका मन्त्रीहरु ?

'बुधबार एमाले संसदीय दलको बैठक बस्ने र संसदीय दलले विधिसम्मत रुपमा निर्णय गरेपछि मात्रै सवै मन्त्रीहरुले राजिनामा दिने तयारी छ ।'


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८३, मंगलबार

पोखरा / गण्डकी सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय गरेपनि तत्कालका लागि रोकिएको छ । मन्त्री गोविन्द नेपालीले राजीनामा दिने कुरा हल्ला मात्रै भएको बताए ।

तर मंगलबार विहान संसदीय बोर्डको बैठकमा राजीनामाको निर्णय भएको प्रमुख सचेतक देवका पहारीले जानकारी दिएकी थिइन् ।

मंगलबार दिउँसो एमालेका चारैजना मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा सहभागी भए । सबैले मन्त्रिपरिषद् बैठकबाटै राजीनामा दिने आँकलन गरेका थिए ।

तर, मन्त्रीहरु बैठक सकेर राजीनामा नदिइ निस्किएका छन् । बैठकबाट बाहिरिने क्रममा मन्त्री नेपालीले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भने, ‘बाहिर आएको कुरा सत्य होइन । अहिलेसम्म हामी सरकारमै सामेल छौं ।’

एमालेका एक सांसदले संसदीय बोर्डको बैठकमा राजीनामा दिने गरी हस्ताक्षर समेत भैसकेको बताए । ‘राजीनामा दिने निर्णय भएकै हो । राजीनामा पत्रमा चारैजनाको हस्ताक्षर पनि गरिएको छ,’ बैठकमा सहभागी ती सांसदले भने, ‘किन दिनुभएन थाहा छैन ।’

अर्का एक सांसदका अनुसार बुधबार एमाले संसदीय दलको बैठक राखिएको छ । उक्त बैठकमा राजीनामाबारे थप छलफल हुने र विधिसम्मत रुपमा संसदीय दलले निर्णय गरेपछि मात्रै मन्त्रीहरुले राजिनामा दिने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->