पोखरा / भोटेकोशीमा आएको बाढीपछि पोखरा आएका आइजिपी दानबहादुर कार्की भवन उद्घाटन गरेर फर्किएका छन् ।
वडा प्रहरी कार्यालय रामबजारको भवन उद्धघाटनका लागि पोखरा आएका कार्की काठमाडौंबाट बोलाइएपछि कार्यक्रममा भवनको उद्धघाटन मात्रै गरेर फर्किएका छन् ।
आफु तत्कालै काठमाडौं जानुपर्ने भएकाले समय दिन नसकेको उनले बताए । देशमा ठूलो विपद् आइलागेकाले तत्कालै जानुपरेको हो ।
बाढीले पु¥याएको क्षतिको कल्पना समेत गर्न सकिएको छैन् । ‘विपद्को कामले म काठमाडौं गइहाल्नुपर्ने भयो’ उनले भने ।





