बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रसुवाबाढीको विपद् कोषमा ताराखोला गाउँपालिकाको १/१ लाख सहयोग

रसुवाबाढीको विपद् कोषमा ताराखोला गाउँपालिकाको १/१ लाख सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८३, बुधबार

बागलुङ/रसुवागढी क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीले व्यापक क्षति पुर्‍याएपछि उद्वार र राहतका लागि रकम जुट्न थालेको छ । ताराखोला गाउँपालिकाले प्रभावित जिल्लाको विपद् कोषमा रकम सहयोग गर्ने भएको हो ।

बुधबार बसेको गाउँ कार्यपालिका बैठकले रसुवाको भोटेकोशी नदिमा आएको बाढीबाट नुवाकोट र रसुवा जिल्लामा ठुलो मानिवय र भौतिक क्षति पुर्‍याएपछि त्यहाँको जिल्ला विपद् कोषमा १/१ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल रिजालले जानकारी दिए ।

बैठकले बाढीबाट ज्यान गुमाउने मृतकप्रति श्रद्धाञ्जली र घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । प्राकृतिक विपद्मा सरकारलाई सघाउन राहत तथा उद्दारको लागि विपद् कोषमा १/१ लाख सहयोगगर्ने निर्णय भएको रिजालले बताए ।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी, नुवाकोट र धादिङ क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->