बागलुङ/रसुवाको भोटकोशी नदीमा आएको भीषण बाढीले ठूलो क्षति पु¥याएपछि उद्वार र राहतको लागि बागलुङको काठेखोला गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २ लाख रुपियाँ सहयोग गर्ने भएको छ ।
बिहिबार कार्यालयमा उपस्थित जनप्रतिनिधि र कर्मचारीको आकस्मिक रुपमा बसेको बैठकले भोटेकोशी नदिमा आएको बाढीले ठूलो मानवीय र भौतिक क्षति पु¥याएपछि उद्वार र राहतको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २ लाख सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता टिका संगम विकले जानकारी दिए ।
विनाशकारी बाढीले निम्त्याएको विपद्मा स्थानीय सरकार चुपचाप बस्ने नहुने भन्दै तत्काल कोषमा सहयोग गर्ने निर्णय भएको हो । बैठकले बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
यसअघि ताराखोला गाउँपालिकाले बाढी प्रभावित जिल्लाका विपद् कोषमा १÷१ लाख रुपियाँ जम्मा गर्ने निर्णय गरिसकेको छ । गाउँ कार्यपालिका बैठकले बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङको विपद् कोषमा १÷१ लाख रुपियाँ जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत विमल रिजालले जानकारी दिए ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी, नुवाकोट र धादिङ क्षेत्र नराम्रोसंग प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत आयोजनाका संरचनामा ठूलो क्षति पु¥याएको छ ।





