बागलुङ/पश्चिम बागलुङको जैमिनी नगरपालिकाले बाढी पीडितको राहत र पुनःस्थापनाका लागि १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
बिहीबार विपद् व्यवस्थापन नगर समितिको बैठकले बाढी प्रभावित नागरिकको उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा १ लाख रुपैया जम्मा गर्ने निर्णय गरेको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।
देश निकै कहालीलाग्दो पीडा रहेको बेलामा मलम लगाउने प्रयासमा लाग्नु सबैको मानवीय कर्तव्य भएको शर्माले बताए । बैठकले विनासकारी बाढीको कारण पुगेको जनधनको अपुरणीय क्षतिप्रति दुख व्यक्त गर्दै राष्ट्रिय आह्वान अनुसार सहयोग जारी राख्ने समेत निर्णय गरेको छ ।





