बागलुङ/भोटेकोशी बाढी पीडितको उद्वार र राहतको लागि बागलुङ नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले विज्ञप्ती जारी गर्दै भोटेकोशी बाढीले निम्त्याएको विपत्ति देशकै साझा पीडा भएकोले पीडामा उद्वार, राहत तथा पुनस्थापना कार्यका सहयोग, समन्वय र ऐक्यवद्वताका लागि नगरपालिकाको तर्फबाट प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
महाविपत्ति र पीडाको कठिन घडिमा राज्यका सम्पूर्ण अंग, सामाजिक संघसंस्था, आम नागरिक समाजले समन्वयका साथ उद्वार, राहत तथा सहयोगका कार्यक्रममा जुट्न अपिल गर्दै राज्यका तर्फबाट उद्वार, राहत तथा क्षतिपूर्तिमा कुनै कमि हुन नदिन समेत नगरपालिकाले आग्रह गरेको छ ।





