बागलुङ/बुधबार बिहान भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतमा पुगेको मानवीय क्षति र अन्य संरचनाको क्षतिकामा राहत तथा खोजी उद्दार गर्ने काममा सहयोग गर्न गलकोट नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले सहयोग गरेका छन् ।
उनीहरुले व्यक्तिगत रुपमा संकलन गरेको ६ लाख ७० हजार रुपैयाँ प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषमा सहयोग गर्ने भएको हो । नगरप्रमुख भरत शर्मा गैह्रे नेतृत्वमा बसेको बैठकले बिहिवार यो निर्णय गरेको हो ।
नगरपालिकाले बिज्ञप्ती प्रकाशित गरेर घटनामा ज्यान गुमाउनेहरुलाई श्रद्दाञ्जली अर्पण गरेको छ । साथै घाइतेहरुको उपचारकालागि सहयोग गर्ने प्रतिवद्दतापनि जनाएको छ । खोजी उद्दार र अन्य सहयोगमा नगरपालिका ऐक्कबद्दता जनाउने निर्णय गरेको समेत जनाइएको छ ।
त्यस्तै भोटेकोशी नदीको बाढीले रसुवा, नुवाकोट र धादिङमा भएको क्षतिपछि सबै स्थानीय तह, नागरिक क्षेत्रका अगुवा समेतले सहयोग गर्न थालेका छन् ।





