बागलुङ/भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको उद्वार र राहतका लागि बडिगाड गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले ५ लाख सहयोग गर्ने भएका छन् ।
बाढीले पु¥याएको ठूलो मानवीय तथा भौतिक संरचनाको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढी पीडितको उद्वार र राहतको लागि जनप्रतिनिधि र कर्मचारीहरुको ३ दिनको तलबभत्ता प्रधानमन्त्री दैवि प्रकोप उद्वार राहत कोषमा ५ पाँच रुपियाँ सहयोग गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।
बडिगाडको सहयोगबाट बाढी प्रभावितको उद्वार र राहतमा सहयोग पुग्ने विश्वास लिईएको छ । दुखद परिस्थितीमा गाउँपालिकाले प्रभावित नागरिकहरुप्रति ऐक्यवद्वता प्रकट गर्दै उद्वार, राहत र पुनस्थापनाको लागि सम्बन्धित निकायबाट आवश्यक पहल र सहयोगको अपेक्षा गरेको छ ।





