बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

विपद् कोषमा मादीको १० लाख

विपद् कोषमा मादीको १० लाख


  • Dhorpatan News
  • भाद्र ११ २०८३, बिहिबार

बुधबार आएको बाढीबाट प्रभावितलाई कास्कीको मादी गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबाट स्वेच्छिक रूपमा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले पीडितको घाउमा महलम लगाउन खोजेको उल्लेख गरे । ‘१०लाख रुपैयाँ ठूलो राशि त होइन, उनले भने, ‘यो सहयोगमा पीडितको दुःखमा हामी पनि साथमा छौँ भन्ने प्रमाणमात्र हो ।’ दुःखको समयमा भूगोल, जिल्ला र सीमाभन्दा माथि उठेर मानवीयता देखाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष गुरुङले बाढीले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को समयमा एकजुट भई काम गर्नसमेत आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->