शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

रसुवाका सिडिओ भन्छन्, चीनतर्फको ताल फुटेको सूचना आयो, सुरक्षित रहनुस्

रसुवाका सिडिओ भन्छन्, चीनतर्फको ताल फुटेको सूचना आयो, सुरक्षित रहनुस्

प्रहरीले भर्खरै सूचना जारी गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीदेखि सर्वसाधारण सबैलाई तत्काल सतर्क रहन आग्रह गरेकोछ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०८३, शुक्रबार

काठमाडौं / चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए ।

प्रजिअ परियारले टेलिफोनमा भने,  ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ ।’

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । छोचेन खोला र पुरेपु त्रिशूली नदी अन्तर्गतका माथिल्ला सहायक नदीको रूपमा चिनिन्छ ।

प्रहरीले तिब्बती क्षेत्रमा पुनः ताल फुटेको भन्दै नेपाल सचेत रहन भनेको छ । प्रहरीले भर्खरै सूचना जारी गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीदेखि सर्वसाधारण सबैलाई तत्काल सतर्क रहन आग्रह गरेकोछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->