शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

भारतको गण्डक नदीमा सातवटा शव फेला, नेपालबाटै बगेर गएको आशंका

भारतको गण्डक नदीमा सातवटा शव फेला, नेपालबाटै बगेर गएको आशंका

टोलीले मोटरबोट प्रयोग गरेर नदीबाट शव निकालेर महाराजगन्ज र कुशीनगर जिल्ला सदरमुकाम पठाएको छ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०८३, शुक्रबार
सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीमा गस्ती गर्दा नदीमा तैरिरहेको अवस्थामा शव फेला पारेको थियो। तस्बिर: बीबीसी हिन्दी

पोखरा / नेपालसँग सिमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशस्थित महाराजगन्जमा गण्डक (नारायणी) नदीमा चार शव र कुशीनगरमा तीन शव फेला परेका छन्।

अधिकारीहरूका अनुसार ती शवमा पाँच महिला र दुई पुरुषका छन्। नेपालमा आएको भीषण बाढीले ती शव बगाएर भारत पुर्‍याएको आशंका गरिएको बीबीसी हिन्दीले जनाएको छ।

सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीको निगरानी गर्दा तैरिरहेको अवस्थामा ती शव फेला परेका हुन्।

टोलीले मोटरबोट प्रयोग गरेर नदीबाट शव निकालेर महाराजगन्ज र कुशीनगर जिल्ला सदरमुकाम पठाएको छ। शव अझै पहिचान हुन सकेको छैन।

निचलौल तहसिलका उपजिल्ला मजिस्ट्रेट सिद्धार्थ गुप्ताले बीबीसी हिन्दीसँग भनेका छन्, ‘बिहीबार दिउँसो गण्डक नदीबाट चार शव बरामद गरिएको छ। यसमा तीन महिला र एक पुरुष छन्। माथिल्लो नेपालबाट शवहरू आएको हुन सक्ने सम्भावना धेरै छ।’

उनले थपे, ‘शवहरूको पहिचान अझै भएको छैन। हामी नेपाल प्रशासनसँग निरन्तर सम्पर्कमा छौँ।’

यस्तै कुशीनगरका अतिरिक्त प्रहरी अधीक्षक सिद्धार्थ वर्माले भनेका छन्, ‘कुशीनगरमा तीन शव फेला परेका छन्, जसमा दुई महिला र एक पुरुष छन्। तीनै जनाको शव फ्रिजरमा सुरक्षित राखिएको छ। पहिचान प्रक्रिया चलिरहेको छ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->