बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

राहत बोकेर प्रबुद्व युवा समूह रसुवा प्रस्थान

राहत बोकेर प्रबुद्व युवा समूह रसुवा प्रस्थान


  • रन्जिता शर्मा
  • भाद्र १४ २०८३, आइतबार

बागलुङ/हिन्दुर नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गरिने दरखाने र सांस्कृतिक कार्यक्रम स्थगित गरेर भोटेकोशीको भीषण बाढीबाट प्रभावित बनेका परिवारलाई सहयोग गर्ने क्रम बढेको छ ।

जेन्जी पुस्ताका युवाहरु स्वतस्फुर्त रुपमा संगठित भई सामाजिक काममा क्रियाशिल बन्दै आएको प्रबुद्व युवा समूहले तीजको अवसरमा आयोजना गरेको ‘गण्डकी प्रदेश स्तरीय अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता’ स्थगित गरेर बाढी प्रभावितका लागि राहत सामग्रीसहित नगद सहयोग गरिएको संस्थाका अध्यक्ष रोहित सुनारले जानकारी दिए ।

‘‘देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरेर बाढी पीडितका लागि सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गर्ने निष्कर्षमा पुग्यौं’’ सुनारले भने । प्रतियोगिताका लागि संकलित रकममध्ये ८५ हजार बाढी पीडितलाई राहत सामग्री, १० हजार पत्रकार महासंघको लेखनवृत्ति कोषलाई सहयोग गरिएको हो ।

प्राकृतिक विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक संस्थाको दायित्व भएकाले सरकार तथा सम्बन्धित निकायलाई राहत र उद्धार कार्यमा सहयोग पुग्ने गरी प्रधानमन्त्री विपद् उद्वार कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको सुनारले बताए ।

यस्तै बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरस्थित आदर्श टोलविकास समितिले बाढी पीडितको लागि ५१ हजार १ सय ५१ रुपियाँ सहयोग गरेका छन् । जैमिनी नगरपालिका वडा नं. १ कुश्मीसेरास्थित सहारा क्लबले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार १ सय ११ रुपियाँ सहयोग गरिएको अध्यक्ष सुरेश सुनारले जानकारी दिए ।्

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->