बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

तमानखोलाको टोली रसुवातर्फ

तमानखोलाको टोली रसुवातर्फ


  • अनिष पाठक
  • भाद्र १५ २०८३, सोमबार

बागलुङ/प्रहरीका अनुसार भोटेकोशी बाढीमा बागलुङका १६ जना सम्पर्कविहीन छन् । जिल्लाको तमानखोला गाउँपालिकाका ९ जना, बागलङ नगरपालिकाका २ बालकसहित ४ जना, ढोरपाटन नगरपालिकाका २ र गलकोट नगरपालिकाका १ जना सम्पर्कमा छैनन् ।

बेपत्तामध्येका तमानखोला–१ का विष्णु घर्तीमगर रसुवामा डेढ वर्षदेखि काम गर्थे । घटनापछि भाइको अवस्था थाहा नभएको भीमबहादुर घर्ती सुनाउँछन् । ‘रसुवा पुगेर म भखरै काठमाडौं आइपुगेको छु । अस्पतालहरुमा भाइ पनि छ कि, खोज्दै छु,’ भीमले भने ।

सम्पर्कविहीन नागरिकको ३ दिनसम्म केही जानकारी नपाएपछि तमानखोला गाउँपालिकाको टोली रसुवा हिडको छ । ‘बेपत्तामध्ये अधिकांश जलविद्युत आयोजनामा काम गर्नेहरु छन् । हाम्रा नागरिक खोज्न हामी रसुवा जाँदै छौं,’ गाउ ँपालिका अध्यक्ष जोकलाल बुढाले भने ।

शनिबार गाउँ विपद् व्यवस्थापन समिति बैठकपछि साँझै बेपत्ता नागरिकका परिवारका सदस्यसहित अध्यक्ष बुढा, वडा नं. २ का अध्यक्ष नारायण सुनार, ३ का अधयक्ष झकबहादुर बुढा र कार्यपालिका सदस्य हिक्मत जक्तपुरी रसुवा हिंडेका हुन् । पालिकाले प्रकोप व्यवस्थापन कोषबाट बेपत्ताका हरेक परिवारलाई ३० हजार नगद दिने निर्णयसमेत गरेको छ ।

प्रभावित क्षेत्रमा बागलुङ
बागलुङबाट प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने तयारी थालिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले राहत संकलन तथा वितरण समिति गठन गरी एकीकृत रूपमा खाद्यान्न, लत्ताकपडासहित संकलन थालेको छ ।

उद्योगी, व्यवसायी, बैंकर्स, राजनीतिक दल, होटल व्यवसायी, गैरसरकारी संस्था र यातायात व्यवसायी लगायतले जिन्सी राहत संकलन गरी बागलुङ उद्योग वाणिज्य संघमा जम्मा गर्ने र जिल्ला प्रशासन कार्यालयमार्फत धादिङको बैरेनी पठाउने तयारी गरिएको छ ।

समितिले सोमबारसम्म एक ट्रक खाद्यान्नसहित लत्ताकपडा संकलन गरी पठाउने निर्णय गरेको समिति संयोजक बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए ।

चर्चित गायक बागलुङ गलकोटका दुर्गेश थापा र उनको टोली नुवाकोटको विदुर नगरपालिकामा पुगेर बाढी प्रभावितलाई खाना खुवाउन सक्रिय छ । उनले विपत्तिको यस कठिन घडीमा सानो सहयोग पनि अर्थपूर्ण हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->