बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

बेपत्ताको सम्झनामा दिप प्रज्वलन

बेपत्ताको सम्झनामा दिप प्रज्वलन


  • ढाेरपाटन संवाददाता
  • भाद्र १५ २०८३, सोमबार

बागलुङ/सशष्त्र द्वन्द्वको बेलामा राज्य र बिद्रोही पक्षबाट बेपत्ता बनाइएका नागरिकको सम्झनामा बेपत्ता दिवश मनाइएको छ ।

आइतबार साँझा द्वन्द्वपीडित समाज बागलुङको आयोजनामा दिवश मनाइएको हो । बेपत्ताको सम्झनामा दिप प्रज्वलन तथा प्रवचन कार्यक्रम गरिएको हो ।

समाजकी बागलुङ अध्यक्ष जसोदा शर्माको अध्यक्षता, एड्भोकेसी फोरमका संयोजक तथा अधिवक्ता राम शर्माको संचालनमा सम्पन्न कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष बद्री बहादुर केसीले राज्य उत्तरदायी नभएसम्म पीडितको समस्या समाधान नहुने बताए । उनले अबको दिनमा राज्यले बेपत्ताको अवस्था सार्वजनिक गर्नुपर्ने, पीडितको उचित तथ्यांक राख्ने र राज्य र बिद्रोही पक्षमा नलागेकै कारण पीडामा पर्नेहरुलाई पनि सम्बोधन गर्नुपर्ने बताए ।

एड्भोकेसी फोरमका अनुसार अहिले पनि द्वद्वद्वमा बेपत्ता भएकाहरु १ हजार २ सय ४८ जना अझै भेटिएका छैनन् । उनीहरुको परिवार अहिले पनि आसमा बसेका छन् । राज्यले यथार्थ जानकारी दिएर पीडितलाई परिपुरण गराउनुपर्ने शर्माले बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका उपाध्यक्ष राजेन्द्र आचार्यसहित अधिकारकर्मीले सहभागिता जनाएका थिए । हरेक वर्ष अगष्ट ३० गतेको दिनलाई बेपत्ता दिवशको रुपमा मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->