बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखराको नयाँबजारमा रोयल इन्फिल्डको नयाँ शोरुम

पोखराको नयाँबजारमा रोयल इन्फिल्डको नयाँ शोरुम


  • ढाेरपाटन संवाददाता
  • भाद्र १५ २०८३, सोमबार

पोखरा/ रोयल इन्फिल्डले पोखराको नयाँबजारमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । शोरुमको सोमबार औपचारिक उद्घाटन गरिएको छ । नयाँ शोरुमले पोखरा र आसपासका ग्राहकलाई सेवा दिनेछ । शोरुम १ हजार ३ सय वर्गफिटमा फैलिएको छ । यहाँ रोयल इन्फिल्डका विभिन्न मोटरसाइकल उपलब्ध छन् ।

शोरुमसँगै ३ हजार ५ सय वर्गफिटको सेवा केन्द्र पनि सञ्चालनमा छ । सेवा केन्द्रबाट मर्मत तथा बिक्रीपछिको सेवा दिइनेछ । यसबाट रोयल इन्फिल्डको बिक्री तथा ग्राहक सेवा थप विस्तार हुने कम्पनीको विश्वास छ । शोरुमको नेतृत्व शिशिर सुबेदी र प्रमेश पराजुलीले गरेका छन् । उनीहरू ३० वषदेखि अटोमोबाइल व्यवसायमा सक्रिय छन् । साथै पोखराको आतिथ्य तथा हस्पिटालिटी व्यवसायमा समेत स्थापित नामका रूपमा परिचित छन् ।
उद्घाटन समारोहमा रोयल इन्फिल्ड गोर्खा एडिसन पनि सार्वजनिक गरिएको छ ।

यसको अनावरण अल्फा अटोमोटिभ प्रा.लि. का निर्देशक मेघराज पौडेलले गरेका हुन् । गोर्खा एडिसनले गोर्खा योद्धाको साहस र वीरतालाई प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ । नयाँ शोरुमलाई ग्राहकलाई प्रिमियम र सहज अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ । शोरुममा रोयल इन्फिल्डका मोटरसाइकलहरू अवलोकन तथा अनुभव गर्न सकिने सुविधा उपलब्ध छ ।

आठ जना बटुकद्वारा शान्ति स्वस्ति पाठबाट शोरुमको उद्घाटन गरिएको थियो । देशमा शान्ति, स्थायित्व, समृद्धि र सकारात्मक वातावरण कायम रहोस् भन्ने कामनासहित गरिएको यस प्रार्थनाले नयाँ शोरुमको शुभारम्भलाई विशेष अर्थ दिएको थियो ।

शोरुमले पोखरा तथा आसपासका क्षेत्रका ग्राहक र राइडरहरुलाई रोयल इन्फिल्डको विशिष्ट मोटरसाइकलिङ संस्कृतिसँग अझ नजिकबाट जोड्ने अपेक्षा गरिएको छ । रोयल इन्फिल्ड सन् १९०१ देखि निरन्तर उत्पादन हुँदै आएको विश्वकै सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड हो । आफ्नो विशिष्ट डिजाइन, कालजयी पहिचान र प्योर मोटरसाइक्लिङको मौलिकताका कारण रोयल इन्फिल्डले विश्वभर राइडरहरूको बलियो समुदाय निर्माण गरेको छ । नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा. लि. रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->