बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

खर्वाङका योजनाको समीक्षा

खर्वाङका योजनाको समीक्षा


  • ढाेरपाटन संवाददाता
  • भाद्र १६ २०८३, मंगलबार

खर्वाङ/वडिगाड गाउँपालिका २ खर्वाङ वडा कार्यालयले गत आर्थिक वर्षका योजनाको समीक्षा गरेको छ । वडा कार्यालयले गत आर्थिक वर्ष कार्यान्वयन गरेका १ करोड २५ लाखका २५ योजनाको समीक्षा गरिएको हो ।

वडा सचिव वसन्त घेत्मालले १ करोड २५ लाख रकममध्ये वडामा ८७ लाख प्रदेशबाट विनियोजित रकम भएको जनाए । ३८ लाख पालिकाबाट विनियोजित रकम हो । गत वर्ष पालिकाबाट विनियोजित रकमबाट २१ वटा तथा प्रदेशका ३ योजनामा काम हुँदा प्रदेशको पाँच लाखको योजनामा मात्रै काम हुन नसकेको वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए ।

उपभोक्ता समितिका पदाधिकारीहरूले टुक्रे योजना बनाएर काम गर्नुभन्दा आयोजनाका लागि विनियोजित रकमले परिणाम दिने गरी काम गर्न सुझाए । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका पूर्व उपप्रमुख विष्णुप्रसाद भुसाल, त्रिभुवन नमूना माविका प्रध्यानाध्यापक ढालमणि भण्डारीले वडाले बजेटको न्यायोचित वितरण, लक्षित वर्गको बजेट उपयोग र आगामी दिनमा शिक्षा, स्वास्थ्य तथा रोजगारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

सो अवसरमा कर्मचारीको स्वागत तथा बिदाइसमेत गरिएको छ । वडाका सामाजिक परिचालक विष्णु गिरी र प्राविधिक भरत विकलाई बिदाइ तथा प्राविधिक रवीन्द्रनाथ रामलाईस्वागत गरिएको वडा सदस्य सरस्वती रानाले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->