बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

बाढी पीडितलाई बैंकर्स क्लबद्वारा ६० हजार सहयोग

बाढी पीडितलाई बैंकर्स क्लबद्वारा ६० हजार सहयोग


  • ढाेरपाटन संवाददाता
  • भाद्र १६ २०८३, मंगलबार

बागलुङ/भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि बैंकर्स क्लब बागलुङले ६० हजार रुपैयाँ सहयोग गरेको छ । क्लबले उक्त रकम प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गर्नेगरी बैंकर्स क्लबले प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको हो ।

बैंकर्स क्लबका अध्यक्ष श्रीजय श्रेष्ठ, सदस्य सोकेन्द्र थापा मगरले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई रकम हस्तान्तरण गरेका हुन् । बाढीबाट ठूलो जनधनको क्षति भएकाले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->