बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

मानवअधिकारबारे छलफल

मानवअधिकारबारे छलफल


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८३, बुधबार

पोखरा/जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले कास्कीलाइै मानवअधिकारको पूर्ण प्रत्याभूत जिल्ला बनाउन आव्हान गरेका छन् । मानवअधिकार सम्बन्धि छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/८४–२०८७/८८) कार्यान्वयनबारे समन्वय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

कास्कीमा मानवअधिकार उल्लंघन र हननका घटना बढिरहेकोतर्फ इङ्गित गर्दै उनले मानवअधिकारको पूर्ण पालनामा स्थानीय तहहरूलाई विशेष नीति र कार्यान्वयनको योजना बनाउन आग्रह गरे । एउटै प्रकृतिका काम गर्ने नागरिकबीचको विभेद अन्त्य गर्ने दायित्व पूरा गर्न सरकार चुक्न नहुने भन्दै राज्य संरचना गम्भीर हुन नसकेको उनले जनाए ।

कास्कीको रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले मानवअधिकारको बिषय हरेक पालिकाले पहिलो प्राथमिकतामा राख्नुपर्ने भन्दै आफू त्यसमा प्रतिबद्ध रहेको सुनाए । ओझाले मानवअधिकार हननका बिषयलाइ स्थानिय स्तरमा कानुनी दायरामा ल्याएमात्रै उल्लंघनका घटना न्यूनीकरण हुने उल्लेख गरे ।

बैठकमा जिसस कास्की उपप्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नवराज बराल, नागरिक अधिकारकर्मी रामबहादुर पौडेल, गैरसरकारी संस्था महासंघ कास्की अध्यक्ष इन्दिरा पौडेल, जिसस कास्कीका शाखा अधिकृत लक्षु शर्मा लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->