पोखरा/ यही भदौ १० गतेको रसुवा बाढीमा कास्कीबाट गएका ५९ जना अझै सम्पर्कविहीन रहेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार उनीहरुमध्ये अधिकांश कास्की बाहिर (विदेशसमेत) घर भई पोखरामा बस्दै आएकाहरु छन् ।
प्रशासनले उपलब्ध गराएको तथ्यांक अनुसार सम्पर्कविहीनमा ४६ पुरुष र १३ महिला छन् । उनीहरुमा दुईजना ५/५ वर्षका २ वालवालिका रहेका छन् । ४ जना नुवाकोट र अरु सबै रसुवाबाट सम्पर्कविहीन भएका प्रशासनले जनाएको छ ।
सम्पर्कविहीनमा १४ जना अमेरिकन, २ जना क्यानेडियन र २ जना भारतीय नागरिक पनि छन् । ‘उनीहरु पोखराका होटलमा बास बसेर रसुवातर्फ गएकाले कास्कीमो सूचीमा परेका हुन्’ कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने, ‘देशका विभिन्न जिल्ला स्थायी ठेगना भई हाल पोखरामा बस्दै आएकाहरु सम्पर्कविहीन भएकाले उनीहरुको नाम पनि कास्कीका राखिएको हो ।’ बेपत्ता मध्ये ५ जना सम्पर्कमा आएको उनको भनाई छ ।
हेर्नुहोस् सम्पर्कविहीनको नामहरु





