बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

विद्यामन्दिरका बालबालिकाको आँखा जाँच

विद्यामन्दिरका बालबालिकाको आँखा जाँच


  • ढाेरपाटन संवाददाता
  • भाद्र १८ २०८३, बिहिबार

बागलुङ/पछिल्लो समय बालबालिकाहरुमा आँखा सम्बन्धी समस्या बढ्दै गएको छ । मोबाईल तथा कम्प्युटरको अत्याधिक प्रयोग, वातावरण र मौषम समेतले बालबालिकाको आँखामा समस्या बढेको पाइएको हो ।

धौलागिरी एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी) को आयोजना र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा विद्यामन्दिर माध्यामिक विद्यालयमा गरिएको आँखा शिविरमा बालबालिकामा आँखा सम्बन्धि समस्या बढ्दै गएको पाईएको हो ।

विद्यालयमा भएको परीक्षण शिविरमा ९७ जना बालबालिकालाई चस्मा लगाउनुपर्ने अवस्था भएको भेटिएको हो । उनीहरुलाई अस्पतालले चस्मा समेत वितरण गरेको छ ।

अस्पतालका नेत्र विशेषज्ञ डा. विनम लामिछाने, डिआइआरडिसीका हेल्थ असिस्टेन्ट चन्दन शर्मालगायतको टोलीले आँखा परीक्षण गरेको थियो । शिविरमा २३ जना बालबालिकालाई पोखरा रिफर गरिएको थियो । ५५ जना बालबालिकामा आँखाको एलर्जीको समस्या रहेको पाइएको हो । त्यस बाहेक अन्य समस्या भएका २५ जना थिए ।

शिविरमा ७४ जनालाई भने औषधी प्रयोग गर्नुपर्ने भएकोले निशुल्क रुपमा बितरण गरिएको डिआइआरडिसीका कार्यक्रम व्यवस्थापक शालिकराम शर्माले जानकारी दिए ।

यो समस्या सबै क्षेत्रमा हुन सक्ने भएकोले संस्थागत रुपमा विभिन्न स्थानमा परीक्षणको काम बढाइने शर्माले बताए । यसअघि पनि संस्थामार्फत धौलागिरि बहिरा विद्यालय र रामरेखा आधारभूत विद्यालयमा पनि आँखा परीक्षण शिविर गरिएको थियो ।

डिआइआरडिसीले काठेखोला गाउँपालिका, बागलुङ नगरपालिकालगायतका विभिन्न स्थानमा र विद्यालय तहमा पुगेर आँखाको समस्या भएका बालबालिकालाई उपचार गर्ने, आवस्यक औषधी वितरण गर्ने र अत्यावस्यक पर्नेलाई रिफर गर्ने काम पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->