बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

बडिगाडमा पहिरोको मार

बडिगाडमा पहिरोको मार


  • अनिष पाठक
  • भाद्र १९ २०८३, शुक्रबार

बागलुङ (खर्वाङ)/२०८१ साउनमा दर्लिङ पहिरोको त्रासले अझैपनि बडिगाड–९ र १० का नागरिक समान्य पानी पर्दा समेत डराउँछन् । त्यो बेला गाउँमा भीषण पहिरो जाँदा ११ जनाको मृत्यु भएको थियो । दर्जन बढी घर बगेका थिए ।

अविरल वर्षाको कारण यसवर्ष साउनयता मात्रै बडिगाडका विभिन्न बस्ती र सडकमा क्षति पुगिसकेको छ । केही दिन अघिको वर्षाले बडिगाड–९ दर्लिङखोलामा मात्रै एक लघुजलविद्युत आयोजनासहित १७ घर उच्च जोजिममा परेका छन् ।

गत साउन १९ गते बडिगाड–४ जलजलाका लालबहादुर विकको घरगोठ पहिरोले क्षति गरेको छ भने छिमेकी ओम बहादुरको परिवार विस्थापित बनेको छ । गत साउन ११ गते जलजला छापहिलेका दुर्गाबहादुर दर्लामीको गोठसाले घर पहिरोले बस्नै नमिल्ने बन्यो ।

दर्लामीको परिवारलाई क्षति पछि लायन्सले सहयोग गरेको थियो भने वडाध्यक्ष मिलन रेश्मीले घर पुननिर्माण गर्दा जस्तापाता व्यक्तिगत रुपमा सहयोग गर्ने भएका छन् ।

२८ साउनमा बडिगाड–५ जोगीबगरका लोकबहादुर थापाको घरमा पहिरोले क्षति गरेपछि परिवार छिमेकीको शरणमा छ । बडिगाड–९ खहरेकी सुनिता विकको घर यसवर्ष पनि पहिरोमा प¥यो । घरमा क्षति पुगेपछि उनको परिवारले छिमेकमा रात कटाउनुप¥यो । “गतवर्ष घरमा पहिरोले क्षति गरेको थियो । राहत त्यो बेला पनि कहिंकतैबाट मिलेन् । यो चोटी पनि अरुको घरमा बस्नुपरेका छ । दुःखीलाई सधैंको दुख” उनले भनिन् ।

अहिले बडिगाडका अधिकांश ग्रामिण सडक अबरुद्ध छन् । पहिरोले क्षति गरेपछि नागरिक अझै त्रासमै रात बिताउन बाध्य छन् । वडाध्यक्षहरुले प्रभावितको राहतको लागि पालिकामा पहल भइरहेको बताउँछन् ।

दर्लिङखोलाका १७ घर उच्च खोजिममा
बडिगाड गाउँपालिका–९ दर्लिङखोलाका मात्रै १७ घर पहिरोको उच्च जोखिममा छन् । पालिका, वडा र इलाका प्रहरी कार्यालय भिमगिठेको संयुक्त टोलीले गरेको अनुगमनमा एक लघुलजविद्युत आयोजनासहित वडाका १७ घर उच्च जोखिममा देखिएका हुन् ।

पहिरोकै कारण वडाको खहरे, मयङ्ग, चर्च, गावँ र बसुन्धरा टोलका ७ घर, खालकोट नुन्थला बल्घाँसमा ५ घर तथा बल्घाँस असारे टोलका ३ घर उच्च जोखिममा छन् ।

यस्तै थालेबाँज बल्घाँस, घर्तिटोल बल्घासका १÷१ घरसहित नरसिङ कुतखोला लघु जलविद्युत आयोजनाको पावर हाउस समेत पहिरोको उच्च जोखिममा छन् ।

“पहिरोले घर पुर्ण रुपले क्षति भएको छ । नागरिकलाई सुरक्षित गर्न पुर्ण प्रयास गरेका छौं । उहाँहरु घर छोड्न नमान्दा थप मानवीय क्षति पनि हुने हो कि भन्ने डर छ । राहतको लाष्गि पालिकामा अनौपचारिक छलफलहरु भईरहेको छ” उनले भने ।

वडाध्यक्ष कृष्ण बहादुर केसीका अनुसार बतासे–छिपछिपे र छिपछिपे–घर्ति टोल खण्डको मोटरबाटोको माथिल्लो जमिन धसिएकाले जुनसुकै बेला ठूलो पहिरो खस्न सक्ने खतरा छ । धनगाडे र खानीटोपामा थप पहिरो गएपछि जोखिम बढेको उनको भनाई छ ।

“काब्राखर्क, सालफुङ, तोरीखर्क, रानीखर्क र गाँवबाट सिद्ध मावि तथा विधा प्रकाश प्रावि जोड्ने बाटोमा पनि पहिरोको जोखिममा छ । हामीले आभिभावकलाई सावधानीपुर्वक आफैं नानीबाबुलाई विद्यालय ल्याउने–लैजान तथा आफैले यात्रा गर्दा पनि सर्तक रहन भनेका छौ” वडाध्यक्ष केसीले भने । अहिले वडा कार्यालयसम्म जसोतसो सवारी चलेपनि वडा कार्यालयदेखि वडा नं. १० दर्लिङ हुदै गुल्मी जाने बाटो भने पूर्णरुपमा अबरुद्ध छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->