बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

कार फेवातालमा खस्दा दुई भारतीयको मृत्यु

कार फेवातालमा खस्दा दुई भारतीयको मृत्यु

बिआर ०५ बीबी६७५९ नम्बरको कार चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी २० मिटर तल फेवातालमा कार खसेको थियो ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०८३, शुक्रबार

पोखरा/  पोखरा–१८ गैरीचौतारा घुम्तीस्थित सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको एक कार फेवातालमा खस्दा दुईजनाको मृत्यु भएको छ । उनीहरुको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दिपक रिजालका अनुसार मृतकमा भारतको बिहार प्रदेश पूर्व चम्पारण जिल्ला रक्सोल घर भएका २६ वर्षीय नवदीप कुमार यादव (निजको आधार कार्डबाट खुल्न आएको) रहेका छन् । अर्का मृतकमा साेही ठाउँका २६ वर्षका प्रियान्सु पाण्डे रहेकाे उनले बताए ।

आज विहान करीव ४ बजेर ५० मिनेटकाे समयमा बिआर ०५ बीबी६७५९ नम्बरको कार चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी २० मिटर तल फेवातालमा कार खसेको थियो ।

घटनाबारे थाहा हुनसाथ वडा प्रहरी कार्यालय बैदामबाट डिएसपी सूर्यबहादुर बोगटीको कमाण्डमा १५ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल नं। २४ हेक्वा कालिका गण कास्कीबाट सहायक प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा १३ जना टोली खटिएको थियो ।

कारमा सवार २ जनालाई उद्धार गरि उपचारको लागि अस्पताल पठाएकोमा अस्पतालले मृत घोषणा गरेको हो । कारमा ४ जना सवार रहेकोमा दुई जना भने सकुशल रहेका छन् ।

तालमा डुवेको कारलाई क्रेनले बाहिर निकालि वडा प्रहरी बैदाममा राखिएको छ । दुर्घटनामा बिहार प्रदेश मोतिहरी जिल्ला रक्सोल घर बताउने २७ वर्षीय अनमोल कुमार यादव र सोही ठाउँका ३३ वर्षीय सुरज यादव घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->