बागलुङ/बागलुङ नगरपालिका वडा नं. २ हाँडेपाखास्थित आदर्श महिला समूहले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनस्थापनाका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
समूहले हरितालिका तीजका अवसरमा दर खाने कार्यक्रमका लागि संकलन गरेको रकम बाढी पीडितलाई सहयोग गरेको समूहकी अध्यक्ष धनमाया शर्माले जानकारी दिइन् ।
सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराललाई रकम हस्तान्तरण गर्दै अध्यक्ष शर्माले बाढी प्रभावितको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको बताइन् ।





