बागलुङ/धौलागिरी ड्राइभिङ सेन्टर प्रा. लि. बागलुङले पनि भोटेकोशी बाढी पीडितको उद्वार र राहतको लागि १ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ ।
प्रालिका अध्यक्ष भिमसेन थापाको सक्रियता बाढी पीडितका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा जम्मा गरिएको हो ।
प्राकृतिक विपत्तिले देशमा संकट निम्त्याएको बेला बाढी पीडितको उद्वार र राहतको लागि राज्य कोषमा सकेको साहायता दिने उदेश्यले प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा रकम जम्मा गरिएको प्रालिका सचिव राजु थापाले जानकारी दिए ।
बागलुङ नगरपालिका वडा नं. १ खनियाघाटमा रहेको धौलागिरी ड्राइभिङ सेन्टरले दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन चालकलाई प्रशिक्षण दिँदै आएको छ । हाल यातायात व्यवस्था कार्यालयबाट सञ्चालन हुने सवारी साधन लाइसेन्सको प्रयोगात्मक परीक्षा यहिं सञ्चालन हुने गरेको छ । सावारी साधन चलाउन सिक्न चाहनेहरुको लागि धौलागिरि ड्राइभिङ सेन्टर उकृष्ट गन्तव्य बनिरहेको छ ।





