बागलुङ/बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघको आयोजनामा ३ दिने सकारात्मक अभिभावकत्व तालिम शुरु भएको छ । तालिममा २१ जना अभिभावक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु सहभागि छन् ।
तालिममा अपाङ्गता, बौद्धिक अपाङ्गता, हेरचाह सम्बन्धी, बालअधिकार, तनाव व्यवस्थापन, सकारात्मक सोच, सकारात्मक अभिभावकत्व, अभिभावकले गर्न सक्ने सकारात्मक व्यवहार, विद्यालयमा शिक्षक र समाजमा गर्ने व्यवहार, मनोसामाजिक परार्मशका बारेमा प्रशिक्षण दिने योजना रहेको फिल्ड अफिसर अस्मिता आचार्यले जानकारी दिइन् ।
तालिम सहजीकरण सकारात्मक अभिभावकत्व सम्बन्धी प्रशिक्षण प्रशिक्षक तथा अभिभावक संघका उपाध्याक्ष दुर्गाप्रसाद शर्मा र सचिव यामबहादुर थापा मगरले गर्नेछन् ।
एनएफयु नर्वेको सहयोग, बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको परार्मश, बागलुङ विशेष बालकक्षा प्राथमिक विद्यालयको समयन्वय, अपाङ्गता अधिकारका लागि लागि सहकार्य सिएडिआर परियोजनाअन्तर्गत तालिम संचालन हुने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघका अध्ययक्ष टिकाराम सापकोटाले जानकारी दिए ।





