सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

बाढी प्रभावितलाई धौलागिरी लघुवित्त वित्तीय संस्थाको ३ लाख ४६ हजारभन्दा बढी सहयोग

बाढी प्रभावितलाई धौलागिरी लघुवित्त वित्तीय संस्थाको ३ लाख ४६ हजारभन्दा बढी सहयोग


  • ढाेरपाटन संवाददाता
  • भाद्र २१ २०८३, आइतबार

बागलुङ/धौलागिरी लघुवित्त वित्तीय संस्था लि.ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित भएका नागरिकलाई उद्वार, राहत तथा पुनस्थापनाको लागि ३ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेको छ ।

संस्थाले सामाजिक उत्तदायित्वअन्तर्गत संस्थाको तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ र संस्थामा कार्यरत कर्मचारीको तर्फबाट २ लाख ३५ हजार ५ सय ५५ रुपैयाँ गरी कुल ३ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा रकम जम्मा गरिएको संस्थाले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

संस्थाले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्वाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->