सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

नेपालसुरक्षित छ भन्ने सन्देश देऊ

नेपालसुरक्षित छ भन्ने सन्देश देऊ

हो, देश विपत्तिमा परे पनि नेपालका पर्यटकीय गन्तव्यहरु सुरक्षित नै छन् । ती क्षेत्रमा आउने पर्यटकहरुलाई कुनै समस्या छैन । तर, यो सन्देश मन्त्रीका सामाजिक सञ्जालमा मात्र सीमित रहनु हुँदैन । संयुक्त राष्ट्रसंंघको महासभामा प्रधानमन्त्रीले यो विषयलाई पनि समेट्नु पर्छ ।


  • Dhorpatan News
  • भाद्र २२ २०८३, सोमबार

भोटेकोेशी बाढीसँगै सरकारले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनले हिमाली देशलाई दिएको पीडालाई अन्तर्राष्ट्रियकरण गर्दैछ । प्रधानमन्त्री स्वयं राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले यो विषय उठाउँदै राष्ट्रसंघकै कोषमार्फत् क्षतिपूर्तिको माग गर्दै छन् । पृथ्वीको तापक्रम बढाउन तथा वातावरण प्रदूषण नै नगरेको देशले यो मुद्दा उठाउनै पर्छ । विकसित राष्ट्रलाई क्षतिपूर्ति भराउने प्रयत्न सुरु गर्नैपर्छ । भोटेकोशी बाढीले देशलाई शोकमा धकेलेको छ । आम नागरिकको ध्यान उद्धार,राहत वितरण,घाइतको उपचार र पुनस्र्थापना गतिमा अडिएको छ । यो विपत्तिले दिएको पीडाबाट शीघ्र मुक्ति मिलोस् र जीवन पुरानै लयमा फर्कोस् भन्ने नागरिकको चाहना हो । तर, यो चाहनामा पनि बज्रपात भएको छ । भोटेकोशी बाढी अन्तर्राष्ट्रिय सरोकारको विषय बनिरहँदा त्यसकै त्रासले पर्यटकीय सिजनको मुखैमा नेपाल आउन चाहेका पर्यटकले यात्रा रोकेका छन् । जसका कारण मुख्य सिजनमै पर्यटन उद्योगले ठूलो धक्का खाएको छ । भोटेकोशीको विपत्ति एकातिर छ;राजधानीलाई बाहिरी नेपालसँग जोड्ने मुख्य राजमार्ग अवरुद्ध हुँदाको चोट पनि पर्यटन उद्योगमाथि नै परेको छ ।

अग्रेजी पात्राको सेप्टेम्बरबाट नेपालमा पर्यटकीय सिजन सुरु हुन्छ । पर्यटकहरुले नेपाल आउनुपूर्व नै कहाँ बस्ने,कहाँ घुम्ने भन्ने योजना बनाएका हुन्छन् । पृथ्वी राजमार्गको कृष्णभीरको पहिरोका कारण काठमाडौं आइसकेका पर्यटकहरुले पनि सास्ती व्यहोर्नु परेको छ । बाटो अवरुद्ध हुँदा काठमाडौं–पोखरा उडानमा चाप परेको छ भने यसअघि नै बुकिङ लिएका सवारी साधनहरुले क्षति भोगेका छन् । त्यति हुँदा पनि पर्यटकहरु भनेको गन्तव्यमा पुग्न पाएका छैनन् । कृष्णभीर आशिंक रुपले खुल्दा स्थिति सहज होला कि भन्ने आशा जागेको छ तर बुकिङ नै रद्द हुँदा र नेपाल सुरक्षित छैन भन्ने सन्देशलाई सक्दो छिटो चिर्न जरुरी देखिएको छ ।

नेपालको पर्यटन उद्योगले २०७२ सालको भूकम्प, कोभिड प्रकोपको बेला पनि यस्तै समस्या भोगेको थियो । भूकम्पपछि सरकारले नेपालका पर्यटकीय गन्तव्य सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्दा सकारात्मक प्रभाव परेको थियो । पर्यटनमन्त्री खड्गराज पौडेलले सामाजिक सञ्जालमार्फत् नेपाल अहिले पनि खुला भएको र हिमाली पदमार्ग र ट्रेकिङ रुट सुरक्षित रहेको बताएका छन् भने परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा रहेका विदेशी कुटनीतिज्ञसामु यही धारणा राखेका छन् । हो, देश विपत्तिमा परे पनि नेपालका पर्यटकीय गन्तव्यहरु सुरक्षित नै छन् । ती क्षेत्रमा आउने पर्यटकहरुलाई कुनै समस्या छैन । तर, यो सन्देश मन्त्रीका सामाजिक सञ्जालमा मात्र सीमित रहनु हुँदैन । सरकारले विदेशस्थित कुटनीतिक नियोग, संचार माध्यम र शुभेच्छुकमार्फत् यो सन्देशलाई विश्वभर पु¥याउनु पर्छ । संयुक्त राष्ट्रसंंघको महासभामा प्रधानमन्त्रीले यो विषयलाई पनि समेट्नु पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->