बागलुङ/निसीखोला गाउँपालिकाले बाढी पहिरो प्रभावित परिवारलाई राहत वितरण गरेको छ । निसीखोला–४ चिनारे र वडा नं. ५ चेल्बाङका बाढी पहिरोबाट प्रभावित १२ परिवारलाई त्रिपाल र खाद्यान्न वितरण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती, उपाध्यक्ष प्रेमबहादुर घर्ती, वडाध्यक्षहरु टिकानिधि पौडेल, हर्कमान घर्तीले बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेका हुन् । विपद्मा थोरै भएपनि राहत पुगोस् भनेर प्रभावित परिवारलाई पालिकाले राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए ।
बाढीपहिरोले घर जोखिममा परेपछि विस्थापित भई आफन्तको घरमा आश्रय लिन बाध्य भएकी लाली कँडेलले पालिकाको सहयोगले राहत मिलेको बताइन् ।





