बागलुङ/जिल्लाको ऐतिहासिक धार्मिक शक्तिपीठ भैरवस्थान मन्दिरमा सञ्चालित हरेलो मेलाको आयव्यय सार्वजनिक गरिएको छ । मेला सञ्चालन गरेको बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिले सोमबार आयव्यय सार्वजनिक गरेको हो ।
बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको भैरवस्थान मन्दिरको प्रचारप्रसार र पर्यटन प्रबद्र्धनका लागि गुठी व्यवस्थापन समितिले हरेलो पर्वको अवसरमा मेला गर्दै आएको छ ।
मेलामा ७ लाख ५८ हजार १ सय २३ रुपैयाँ आम्दानी भएको छ भने ४ लाख ७३ हजार ६ सय ७५ रुपैयाँ खर्च भएको मेला आयोजक समितिका संयोजक एवं भैरवस्थान गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले जानकारी दिए ।
मेलाबाट कुल २ लाख ८४ हजार ४ सय ४८ रुपैयाँ बचत भएको छ । बचत भएको रकम मन्दिर पुर्वाधारको पुर्वाधार निर्माणका लागि खर्च गरिने ढकालले बताए ।
मेलाका लागि बागलुङ नगरपालिकाले २ लाख २५ हजार, ग्लोबल आईएमई बैंकले १ लाख, प्रभु बैंकले ५० हजार, दिपक अधिकारीले ५१ हजार, कमल बहादुर हमालले ५५ हजार ५ सय ५५, बागलुङ नगरपालिका वडा नं. १२ बाट ५० हजार सहयोग प्राप्त भएको थियो ।
मेला व्यवस्थापनका लागि वडा कार्यालय पैयुँपाटा, रायडाँडा, नारायणस्थान, कुश्मीसेरा, सहकारी, कालीका भगवती गुठी लगायतका सहयोग प्राप्त भएको थियो । अध्यक्ष ढकालका अनुसार, सहयोगका लागि बोलकोबल केही रकम पाउन बाँकी छ ।
मेलामा सबैभन्दा धेरै कलाकारको पारिश्रमिक, साउण्ड सिष्टम र खाना खाजामा खर्च भएको छ । साउण्ड सिष्टमका लागि ६८ हजार रुपैँया, खाजा खानाका लागि ५७ हजार ९ सय र कलाकारका लागि १ लाख २१ हजार ५०० रुपैयाँ खर्च भएको छ ।
मेला व्यवस्थापनका निम्ती सिसिटिभी, पुजासामाग्री, नेमप्लेट, छपाइ लगायतमा समेत गरी कुल ४ लाख ७३ हजार ६७५ रुपैयाँ खर्च भएको गुठी व्यवस्थापन समितिले जनाएको छ ।





