बागलुङ/भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भीमापोखराका स्थानीय, जनप्रतिनिधि तथा संघसंस्थाले १ लाख १ हजार रुपैयाँ गरेका छन् ।
काठेखोला गाउँपालिका–२ भीमापोखराका वडा अध्यक्ष विद्यापति शर्माको समन्वयमा स्थानीय जनप्रतिनिधि, आमा समूह, वन उपभोक्ता समिति, सिम सामुदायिक समूह तथा समाजसेवीबाट संकलित १ लाख १ हजार २ सय ७५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
उक्त रकम बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यमार्फत हस्तान्तरण गरिएको छ ।





