बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

उपल्लो मुस्ताङमा भूकम्प, घर चर्किए, क्षतिको विवरण संकलन हुँदै

उपल्लो मुस्ताङमा भूकम्प, घर चर्किए, क्षतिको विवरण संकलन हुँदै

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार भूकम्पका कारण गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडामा क्षति पुराएको छ ।


  • ढाेरपाटन संवाददाता
  • भाद्र २४ २०८३, बुधबार

पोखरा / हिमालपारीको उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका केन्द्रबिन्दु भएर गएको भूकम्पले त्यस क्षेत्रका केही घरहरु चर्किएका छन् । एउटा घर भत्किएको छ भने एउटा गुम्बाको पर्खाल पनि भत्किएको छ ।

मंगलबार राती ९ बजेर ४३ मिनेटको समयमा लोमान्थाङ आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार भूकम्पका कारण गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडामा क्षति पुराएको छ । वडा ३ का कर्साङ गुरुङको घर भत्किएको छ । यसैगरी नामगेल गुम्बाको पर्खाल भत्किएको उनले बताए ।

‘माटोको घर भएकाले अधिकांश चर्किएका छन, यसले उनीहरुलाई अन्यत्र सानुपर्ने अवस्था देखिन्छ्’, अध्यक्ष गुरुङले भने, ‘क्षतिको विवरण संकलन भइरहेको छ ।’ क्षतिको विवरण संकलनका लागि जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सहितको टोली परिचालन गरिएको छ ।

मुस्ताङ प्रहरी प्रमुख डिएसपी रामचन्द्र तिवारीले एउटा कच्ची घर गुम्बाको वालमा क्षति भएको सूचना आएको बताए । उनले पनि क्षतिको विवरण संकलन भइरहेको जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->