बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

‘आत्महत्या कम गर्न सबैको चासो आवस्यक’

‘आत्महत्या कम गर्न सबैको चासो आवस्यक’


  • ढाेरपाटन संवाददाता
  • भाद्र २५ २०८३, बिहिबार
विश्व आत्महत्या रोकथाम दिवशको अवसरमा आयोजित कार्यक्रमका सहभागिहरु । तस्बिर : ढोरपाटन

बागलुङ/विश्व आत्महत्या रोकथाम दिवश बिहिबार मनाइएको छ । बागलुङ नगरपालिका नगर स्वास्थ्य शाखा र जिल्ला प्रहरी कार्यालयको आयोजनामा आत्महत्या रोकथाममा सबैको चासो र चिन्तन आवस्यक भएको निष्कर्ष निकालिएको छ ।

विश्वमा आत्महत्या बढी रहेकोले हरेक नागरिकलाई सकारात्मक बनाउन आवस्यक भएको सरोकारवालाले बताएका छन् । युवा तथा किशोरकिशोरीहरुलाई रोजगार, शिक्षा र व्यवसायमा लगाउन सकेमा यो दर घटाउन सकिने पनि सुझाव दिएका छन् ।

कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांक अनुसार विश्वमा हरेक वर्ष ७ लाखले आत्महत्या गर्ने गरेको र त्यसमध्ये ६५ प्रतिशतले मानसिक समस्या भएकोले आत्महत्या गरेको देखिएको हो भने ७७ प्रतिशत मानिस न्युन आएश्रोत भएका, विपन्न तथा मध्यम परिवारका सदस्य भएको देखिएको हो । त्यसैले हरेकलाई आर्थिक क्रियाकलापमा जोड्ने, खुसी रहने र सकारात्मक सोचमा लगाउन सकियो भने बचाउन सकिने समेत बताइएको छ ।

कार्यक्रममा नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले प्रस्तुतीकरण गरेर मानिसको जैविक आवस्यकता, मनोवैज्ञानिक आवस्यकता पुरा गर्ने वातावरण आवस्यक भएको बताए । उनीहरुको सामाजिक अवस्थाको विश्लेषण गर्ने, आर्थिक अवस्था सुधार ल्याउने, सांस्कृतिक र वातावरण्ीय अवस्थाको आँकलन गरेर विश्लेषण गर्न सकिने समेत खनालले बताए ।

कार्यक्रममा आत्महत्या घटाउन सबैको साझा पहल आवस्यक भएको विषयमा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले सबैको साझा कार्यक्रम चाहिएको बताए । कार्यक्रममा प्रहरी उपरिक्षक फणिन्द्र प्रसाई, खुसी मन बागलुङका अध्यक्ष नारायण आचार्य, धौलागिरि अस्पतालकी मनोरोग विशेषज्ञ डा. इला थापालगायतले आत्महत्या रोकथाम र त्यसका लागि समाजमा खेल्नुपर्ने भूमिकाबारे धारणा राखेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत राजन केसीको अध्यक्षता र जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->