बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

राम्दीमा बन्यो देशमै पहिलो ‘टाइड आर्च’ पुल, पूर्ण सुरक्षित रहेको प्राविधिकको भनाई

राम्दीमा बन्यो देशमै पहिलो ‘टाइड आर्च’ पुल, पूर्ण सुरक्षित रहेको प्राविधिकको भनाई

गण्डकी र लुम्बिनी प्रदेश जोड्ने राम्दीस्थित कालिगण्डकी नदीमाथि रामनदी (राम्दी) मा २७ करोड ७१ लाख नौ हजार छ सय रुपैयाँमा निर्माण भएको देशकै पहिलो नमुना ‘टाइड आर्च’ पुल सुरक्षित देखिएको हो ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०८३, बिहिबार

स्याङ्जा/ गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालिगण्डकी नदी रामनदी (राम्दी) मा निर्माण भएको देशकै पहिलो नमुना ‘टाइड आर्च’ पुल सुरक्षित देखिएको छ ।

पुल सेक्टर पोखराले निर्माण गरेको यो कंक्रिट फिल स्टिल टयूब आर्च ब्रिजको भारवाहन क्षमता परीक्षणमा सुरक्षित देखिएको हो । थाइल्यान्डका डिजाइनरले डिजाइन गरेको यो पुल चाइना तथा दुबईमा प्रसस्त रहेपनि नेपालमा बनेको पहिलो हो ।

पुल सेक्टर पोखराले गरेको भारवाहन क्षमता परीक्षणमा पुल ३० एमएम मात्र लच्किएको पुल सेक्टरका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए । उनले पुलको १४६ एमएम भारबाहन क्षमता रहेकोमा एकैचोटी २४० टनसम्म ओहोर दोहोर गर्न पुर्ण रुपमा सुरक्षित देखिएको उल्लेख गरे । उनले दुई, चार र छ वटा गरेर भरिएका ट्रक पुलमा राखेर परीक्षण गरिएको बताउदै अधिकारीले पहिलो चरणमा गरिएको परीक्षणमा सुरक्षित रहेको बताए । तापक्रमले पनि पुलको भारवाहनलाई फरक पार्ने बताउदै अधिकारीले अहिलको अवस्था र क्षमता सन्तोषजनक रहेको जनाए ।

एक स्पान मात्र रहेको राम्दी पक्की पुल १२० मिटर लम्बाइ र ११ मिटर चौडाईको रहेको छ । यहाँ निर्माण भएको नयाँ पुल २०२८ सालमा बनेको ट्रस ब्रिज भन्दा २७ मिटर धेरै लम्बाई रहेको छ ।

२०७९ असार ३० गते तीन बर्षमा सक्ने गरी हिम सगरमाथा प्रालि चितवनले ठेक्का सम्झौता गरेर काम थालेकोमा डिजाइन समयमै नबन्दा र सामाग्री भारत तथा विज्ञ चीनबाट समयमै नआउदाँ निर्माणमा ढिलाई भएको हो ।

पुरानो ट्रस ब्रिज जीर्ण हुँदै गएपछि नयाँ बनाइएको हो । यो पुल २७ करोड ७१ लाख नौ हजार छ सय रुपैयाँमा निर्माण भएको हो । नयाँ पुल निर्माणसँगै अब पुरानो जीर्ण पुलमा जोखिम मोलेर यात्रुलाई यातायात र सवारीसाधनलाई ओहोर दोहोर गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

पुरानो पुलमा धेरै वजन भएका यातायातका साधन ओहोर दोहोर गर्न असहज भएकोमा अब भारवाहन क्षमता परीक्षणसँगै सहज हुने भएको हो । पुरानो पुल सिद्धार्थ राजमार्ग बनेसँगै ०२२ सालमा निर्माण थालनी भै २०२८ सालमा सम्पन्न भएको थियो भने पुलको तत्कालीन प्रधानमन्त्री कृतिनिधि विष्टले उद्घाटन गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->