बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

लापसे गर्ने चालकलाई कारवाही

लापसे गर्ने चालकलाई कारवाही


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०८३, शनिबार

पोखरा/सार्वजानिक यातायात चलाउने चालकले लागुपदार्थ सेवन गरेको भेटिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले शुक्रबार पोखरा–१७ स्थित पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गमा चल्ने सवारीका चालकहरूको लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवा (मापसे) जाँच गरेको थियो ।

जाँचका क्रममा सार्वजानिक यातायात चलाउने एक चालकको लाइसेन्स खारेजका लागि यातायात व्यवस्था कार्यालय कास्कीमा सिफारिस गरिएको छ । यात्रु बोकेर पोखरा आइरहेको सो बसका चालकले यात्रुको सुरक्षा नै जोखिममा राखेको देखिएको छ । मापसे गर्ने एक चालकलाई समेत नियन्त्रणमा लिइएको छ । उनीहरुको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बनका लागि सिफारिस गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी यामनाथ पनेरुले जानकारी दिए ।

१३ जनाको लापसे जाँच गरिएको थियो । जाँचमा मापसे गरेका २ जना र लापसे एक चालक फेला परेका थिए । ‘बिहान हामीले चेक जाँच गरेका थियौं, छोरेपाटनको कालिमाटीमा । लापसे गर्नेलाई आवश्यक कारवाहि गर्न वैदाममा पठाएका छौं । मापसे धेरैको जाँच गरेका छौँ, तीमध्ये शंका लागेकाहरुको लापसे जाँच गरिएको हो,’ उनले भने, ‘यात्रुको सुरक्षा चालकको हातमा हुन्छ । अधिकांश दुर्घटना चालक लापरवाहीकै कारण हुँदै आउने गरेका छन् । नागरिक सचेत बन्न पनि जरुरी छ, ट्राफिक नियमको पालना गर्न पनि आवश्यक छ ।’

लापसे जाँचका लागि किट प्रयोग गरिएको थियो । कास्कीमा आर्थिक वर्ष २०८२÷ ०८३ मा सवारी दुर्घटनामा परी कुल ५५ जनाले ज्यान गुमाएका थिए । वर्षमा १ सय १५ सवारी दुर्घटना हुँदा ५५ जनाको मृत्यु तथा १ सय ७ जना घाइते भएका थिए ।

मापसे लगायत ट्राफिक नियम तोड्ने ५२ हजार ९ सय ५३ जना कारवाहीमा पर्दा ४ करोड ३९ लाख ८८ हजार ५ सय रुपैयाँ राजस्व उठेको छ । अधिकांश दुर्घटनामा चालककै लापरवाहीका रहेको सूचना अधिकारी पनेरुले दाबी गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->