बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

भदौ २८ बाट पोखरा बसपार्क र फिर्के अतिक्रमण हटाउन थालिने

भदौ २८ बाट पोखरा बसपार्क र फिर्के अतिक्रमण हटाउन थालिने

मनसुन क्रमशः कमजोर हुँदै गएकाले बसपार्क क्षेत्रको समस्या समाधानसँगै फिर्के खोलाको बाँकी कामसमेत अघि बढाइने प्रमुख आचार्यले सुनाए ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०८३, शनिबार

पोखरा / पृथ्वीचोकस्थित पोखरा बसपार्कमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया आइतबारदेखि पुनः सुरु हुने भएको छ ।

भूमिहीनका लागि जग्गा खोजी तथा बीचमा बिक्री भएका जग्गाको छानबिन गर्न बसपार्क खाली गराउने अभियान केही समय रोकिएको थियो । भोटेकोसीमा आएको बाढीपछि उद्धार तथा राहतका काममा प्राथमिकता दिनुपरेकाले अभियान केही दिन रोकिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।्

उनले आइतबारदेखि बाँकी निर्णय प्रक्रिया पुनः अगाडि बढ्ने जानकारी दिए । नयाँ बस्ती व्यवस्थापन तथा सुकुमबासी समस्या समाधानका लागि गठित जिल्ला समितिको निर्णय प्रक्रिया पनि सँगसँगै अघि बढिरहेको छ ।

मनसुन क्रमशः कमजोर हुँदै गएकाले बसपार्क क्षेत्रको समस्या समाधानसँगै फिर्के खोलाको बाँकी कामसमेत अघि बढाइने प्रमुख आचार्यले सुनाए । महानगरपालिकाले गरेको छानबिनको अन्तिम प्रतिवेदनअनुसार बसपार्क क्षेत्रमा ३२५ परिवार भूमिहीन र २४२ परिवार अव्यवस्थित बसोबासी रहेका छन् ।

महानगर कार्यपालिकाको बैठकले भूमिहीन तथा अव्यवस्थित बसोबासीको विवरणसमेत प्रमाणीकरण गरिसकेको छ ।

पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको सङ्गमस्थल पृथ्वीचोकमा सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा जग्गा अधिग्रहण गरिएको थियो । हाल बसपार्कको जग्गामा पाँच वटा सुकुमबासी टोल, सरकारी विद्यालय तथा अन्य व्यक्तिका घरसमेत रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->