बागलुङ/दक्षिण बागलुको बरेङ गाउँपालिकाले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि २० लाखभन्दा बढी सहयोग गर्ने भएको छ । बाढी पछिको उद्वार, राहत र पुनस्र्थापनाको लागि बरेङले २० लाख ८५ हजार ७ सय ८१ रुपैयाँ सहयोग गर्ने भएको हो ।
गाउँ कार्यपालिकाको बैठकले जनप्रतिनिधी, गाउँपालिकामा कार्यरत कर्मचारी, स्वास्थ शाखामा कार्यरत कर्मचारी र शिक्षकको सहकार्यमा सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिए ।
बाढीले रसुवा, नुवाकोट, गोरखा, धादिङ, चितवनलगायतका क्षेत्रमा ठुलो धनजनको क्षति पुर्याएको छ । बाढी पछिको उद्वार, राहत र पुनस्र्थापनाको लागि बागलुङमा सहयोग जुट्ने क्रम जारी छ ।





