सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३
  • ५ असोज २०८३ , सोमबार
  • September 21 2026

‘बुकीफूल’ को शुभमुहूर्त असोज १ गते सिक्लेसमा हुने

‘बुकीफूल’ को शुभमुहूर्त असोज १ गते सिक्लेसमा हुने

अभियान फिल्मस प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन तथा निर्माण तयारीबारे शनिबार सिक्लेसमा स्थानीय सरोकारवालासँग छलफल गरिएको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०८३, शनिबार

पोखरा/  गुरुङ समुदायको परम्परा, संस्कृति, इतिहास र मौलिक जीवनशैलीलाई कथावस्तुसँग जोडेर निर्माण गर्न लागिएको नेपाली कथानक चलचित्र ‘बुकीफूल’को शुभमुहूर्त असोज १ गते कास्कीको मादी गाउँपालिका–१, सिक्लेसमा हुने भएको छ ।

अभियान फिल्मस प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन तथा निर्माण तयारीबारे शनिबार सिक्लेसमा स्थानीय सरोकारवालासँग छलफल गरिएको छ । छलफलमा चलचित्रका निर्माता वेदबहादुर गुरुङ .(श्याम), निर्देशक ओमप्रकाश गुरुङ र प्रोडक्सन म्यानेजर डिबी गुरुङसहितको टोली सहभागी थियो ।

टोलीले मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङ, सिक्लेस आमा समूहका अध्यक्ष सन्तोषी गुरुङ, टोल संयोजक, पर्यटन व्यवसायी तथा स्थानीय प्रतिनिधिसँग चलचित्रको कथा, छायांकनस्थल, स्थानीय सहभागिता र निर्माणका विभिन्न पक्षबारे छलफल गरेको हो । वडाअध्यक्ष गुरुङले फिल्मको निर्माता निर्देशकसहितको टीमसंग फिल्मको शुभमुहूर्त र यसको छायांकनलाई व्यवस्थापन गर्ने सम्बन्धमा छलफल भएको बताए ।

गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र ऐतिहासिक पहिचानलाई चलचित्रमार्फत उजागर गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले ‘बुकीफूल’ निर्माण गर्न लागिएको निर्माण पक्षले जनाएको छ । चलचित्रले सिक्लेस र आसपासका क्षेत्रको प्राकृतिक सौन्दर्य, संस्कृति तथा जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->