बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

ताराखोला गाउँपालिकामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

ताराखोला गाउँपालिकामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

ताराखोला गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवती र सुत्केरीलाई २०७६ सालदेखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८३, आइतबार

बागलुङ/  भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका–४ विसौनाकी देवी घर्तीलाई सुत्केरी व्यथाले च्याप्यो।  मुसलधारे पानी परेको थियो।

गाउँकै स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराएकी देवीलाई स्वास्थ्यकर्मीले ‘गाह्रो भए पालिकामा एम्बुलेन्स छ, तुरुन्त सम्पर्क गर्नू’ भनेका थिए। देवीका परिवारले त्यो दिन त्यसै गरे। पालिकाले तत्काल एम्बुलेन्सको व्यवस्था गर्यो।

३५ वर्षीया देवीले गाउँकै हिल स्वास्थ्य चौकीमा सोही रात तेस्रो सन्तानलाई जन्म दिइन्। यसअघि सुत्केरी हुँदा स्ट्रेचरमा घर फर्किएकी देवीलाई यसपटक पालिकाको एम्बुलेन्सले नै घर पुर्याइदियो। यो एउटा उदाहरणमात्र हो ।

ताराखोला गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवती र सुत्केरीलाई २०७६ सालदेखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ। पालिकाबाट निःशुल्क एम्बुलेन्स सेवा लिने देवीजस्तै ६५ जना लाभान्वित भएका छन्।

गाउँपालिकाका गर्भवती र सुत्केरीलाई घरबाट स्वास्थ्य चौकी, स्वास्थ्य चौकीबाट सदरमुकामको धौलागिरि अस्पताल र पोखरा, अस्पतालबाट घरसम्म पुर्याउने प्रबन्ध मिलाइएको पालिकाका अध्यक्ष धनबहादुर विकले बताए।

गाउँपालिकालाई २०६७ सालमा स्थानीय पोषक सापकोटा र उनका दाजुभाइले एम्बुलेन्स प्रदान गरेका हुन्। २०७७ सालमा गलकोट समाजले अर्को एम्बुलेन्स उपलब्ध गराएपछि स्थानीय गर्भवती र सुत्केरीलाई स्वास्थ्य संस्थासम्म सहज भएको छ।

स्थानीयलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न पालिकाले तीन वटा स्वास्थ्य इकाइ सञ्चालन गरिरहेको छ भने गाउँपालिकाका सबै वडामा सुविधासम्पन्न प्रसूति सेवासहितका स्वास्थ्य चौकीको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->