बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम

रेवानको शनिबार सम्पन्न संस्थाको १७ औं अधिवेशनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८३, आइतबार

पोखरा/ रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत निर्वाचित भएका छन्। गौतम पोखराको चर्चित टेम्पल ट्रीका सञ्चालक हुन् ।

रेवानको शनिबार सम्पन्न संस्थाको १७ औं अधिवेशनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेको साधारण सभाबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गरिएको हो।

कार्यसमितिको निवर्तमान अध्यक्षमा विश्वराज पौडेल, प्रथम उपाध्यक्षमा विकास भट्टराई र द्वितीय उपाध्यक्षमा योगेश भट्टराई रहेका छन् । यसैगरी महासचिवमा वीरेन्द्र शेरचन, सचिवमा रोशनजंग कार्की, कोषाध्यक्षमा सुरेश न्यौपाने र सहकोषाध्यक्षमा सफल थापा चयन भए ।

सदस्यहरुमा सुनिलबहादुर भट्टराई, सुमन भट्टराई, वैभव पौडेल, भीष्म पौडेल, लोकेश ढकाल, कृष्ण अधिकारी, राजबहादुर भुजेल र वसन्त न्यौपाने निर्वाचित भए। संस्थाको विधान अनुसार २ जना सदस्य भने अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ। निर्वाचन सम्पन्न गराउन पूर्व अध्यक्ष चौबहादुर गुरुङको संयोजकत्वमा पूर्व अध्यक्षद्वय बलराम पहारी र लक्ष्मण बराल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

साधारण सभाका अवसरमा पर्यटन तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरियो। पत्रकारिताका माध्यमबाट दुई दशकदेखि पर्यटन क्षेत्रमा योगदान दिएको भन्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव जमुना वर्षा शर्मालाई नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

यसैगरी नागरिक समाज पोखराका संस्थापक संयोजक रामबहादुर पौडेल सम्मानित भए। स्वयंसेवी सीताराम दाहाल र डुलुवा टिमलाई पनि सोही अवसरमा सम्मान प्रदान गरियो। रेवानले आफ्ना सदस्य प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुलाई पनि सम्मान गर्दै आएको छ। सोही क्रममा म्यानेजर हरि पौडेल र सेफ ताराप्रसाद श्रेष्ठ सम्मानित भए।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->