बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

उन्नति सहकारीमा लेखनाथ

उन्नति सहकारीमा लेखनाथ


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०८३, सोमबार

पोखरा/पोखराको नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारीको १८ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन शनिबार भएको छ ।

अधिवेशनले लेखनाथ अर्यालको नेतृत्वमा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनले उपाध्यक्षमा रेवतीमणि भण्डारी, सचिवमा राजेश शर्मा र कोषाध्यक्षमा अमृत श्रेष्ठलाई निर्वाचित गरेको छ ।

सञ्चालक समिति सदस्यमा टीका थापा, सलुकुमारी श्रेष्ठ र कविता थपलिया छन् । अनिल लिगलको संयोजकत्वमा कृष्णप्रसाद भण्डारी र शिव अधिकारी सदस्य रहेको लेखा समिति पनि सर्वसम्मत बनेको छ ।

वरिष्ठ सल्लाहकार पदमबन्धु पोखरेलको संयोजकत्वमा गठित निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता सुकदेव गौतम र पूर्वउपाध्यक्ष राजेन्द्र लम्साल सदस्य थिए । नवनिर्वाचित अध्यक्ष अर्यालले सहकारी संस्थाको संस्थागत विकास, सदस्यको हित र सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गरे ।

कार्यक्रममा एसइई तथा कक्षा १२ (+२) उत्तीर्ण सेयर सदस्यका छोरा–छोरीलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष राजेश रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा संस्थाकी ज्येष्ठ सदस्य चीजमाया गुरुङ, सचिव रेवतीमणि भण्डारी, संस्थाका महाप्रवन्धक भगवान भट्टराइले लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->