बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा बचतको साधारणसभा

पोखरा बचतको साधारणसभा


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०८३, सोमबार

पोखरा/पोखरा बचत तथा ऋण सहकारीको २७ औं वार्षिक साधारणसभा शनिबार भएको छ । कार्यक्रममा सहकारी बचत पीडित संघ कास्की अध्यक्ष एवं पोखरा बचत तथा ऋण सहकारीका सर्वपक्षीय बिशेष समितिका सल्लाहकार किरण श्रेष्ठले वर्तमान अवस्थामा सहकारी संस्थाका सेयर सदस्य एवम् बचतकर्ता बचत फिर्ता र सुरक्षणको लागि आफैं सजग र सचेत हुनुपर्नेमा जोड दिए ।

उनले सहकारीका सञ्चालकलाई कानुनी कारवाही प्रक्रियामा लगेर मात्र बचतकर्ताले संस्थामा जम्मा गरेको रकम फिर्ता पाउन सम्भव नभएको उनले औंल्याए । संस्थाका सर्वपक्षीय बिशेष समितिका संयोजक गञ्जमान गुरुङले बचतकर्ताको हितको संरक्षण गर्नु नै बिशेष समितिको प्रमुख दायित्व रहेको जनाए ।

सर्व पक्षीय बिशेष समितिका सदस्य विनोद शर्मा न्यौपानेले समिति गठन भएपश्चात विगत ९ महिनाको अवधिमा हाँसिल भएको प्रगतिबारे जानकारी दिए । उनले सहकारीमा भएको छानबिन पश्चातको अवधिमा झण्डै १८ करोड कर्जा असुली गरी १५ करोड बचत फिर्ता गर्न संस्था सफल भएको सुनाए ।

संस्थाकासल्लाहकार आशबहादुर गुरुङले संस्थामा भएका कमजोरी सच्च्याउँदै सबै सञ्चालक एक ढिक्का भएरसमस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष इन्जिनियर सुरेन्द्रबहादुर गोदारर कोषाध्यक्ष हिरामणि दाहालले प्रस्तुत गरेका वार्षिक प्रतिवेदनहरूसभालेपारितगरेको छ ।

कार्यक्रममा सञ्चालक उपाध्यक्ष शम्भुराज बास्तोला, सल्लाहकार फणीन्द्रराज शर्मा, सेयरसदस्य क्याप्टेन बलबहादुर तिलिजा, सचिव दिलबहादुर केसी लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष गोदारले संस्थामा देखिएका समस्यालाई पार लगाउँदै पूर्ववत अवस्थामा फर्काएर नियमित कारोबार सञ्चालन गर्नसञ्चालक समितिभरमग्दूर प्रयासरत रहेको सुनाए ।बचतकर्ताको सबै रकम फिर्ताका लागि आफूहरु कटिबद्ध रहेको उनले दोहो¥याए ।

पोखरा–९, नयाँबजार स्थित आफ्नै भवनबाट सञ्चालित पोखरा बचत पछिल्लो समय केही सदस्यबाट बचत फिर्ताको माग बढेसँगै असहज परिस्थितिसृजना भएपछि बचतकर्ता गञ्जमान गुरुङको संयोजकत्वमा गठित सर्वपक्षीय बिशेष समितिको रोहवरमासञ्चालनमा छ । एक लाखसम्म बचत रहेका सदस्यको पूरै रकम फिर्ता गरिँदै छ भने सञ्चालकहरुसँग सहकार्य गर्दै अन्यलाई पनि चरणबद्ध रुपमा बचत फिर्ता गर्ने कार्ययोजना रहेको गञ्जमानले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->