बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बाढीपीडितलाई विशाल टोलको ५० हजार

बाढीपीडितलाई विशाल टोलको ५० हजार

संस्थाका अध्यक्ष सुवेदार मेजर हनेरी क्याप्टेन हरिबहादुर गुरुङले कोषको खातामा राष्ट्रिय वाणिज्य बैंकमार्फत् जम्मा गरिएको जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०८३, सोमबार

पोखरा\ विकास मार्ग टोल विकास संस्था पोखरा–१४, काजीपोखरीले भोटेकोशी बाढी प्रभावितलाई सहयोग गरेको छ ।

बाढीबाट प्रभावितका लागि संस्थाले ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । संस्थाका अध्यक्ष सुवेदार मेजर हनेरी क्याप्टेन हरिबहादुर गुरुङले कोषको खातामा राष्ट्रिय वाणिज्य बैंकमार्फत् जम्मा गरिएको जानकारी दिए ।

अकस्मात आएको विपद्का कारण संस्था आफ्ना अरु नियमित कार्यक्रमसमेत स्थगित गरेको छ । अध्यक्ष गुरुङले भने, ‘विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व पनि हो । हामीले यही दायित्व निर्वाह गरेका छौँ ।’

बाढीमा कास्कीका पनि केही मानिस हराइरहेका छन् । एकैप टक धेरै शव फेला परेपछि व्यवस्थापनका लागि कास्की ल्याइएका १ शव २ सयमध्ये २१ वटा परिवारलाई हस्तन्तरण गरिएको छ भने बाँकी शव जमिनमुनि गाँडेर अस्थायी व्यवस्थापन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->