बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरामा खुल्यो कित्ताकाट

पोखरामा खुल्यो कित्ताकाट

पोखरा महानगर प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकाका ३३ वटै वडाका झण्डै ७ लाख कित्ताको भू–उपयोग वर्गीकरण सम्पन्न भएको बताए ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०८३, सोमबार

पोखरा / पोखरा महानगरपालिकाले भू–उपयोग ऐन, २०७६ तथा नियमावली, २०७९ बमोजिम महानगरभित्रको भू–उपयोग वर्गीकरणसम्बन्धी विवरण कार्यान्वयन गर्ने भएको छ ।

महानगरपालिकाले यसअघि तयार गरेको अन्तिम भू–उपयोग वर्गीकरण विवरण स्थानीय राजपत्रमा प्रकाशित गरिसकिएको जनाएको छ । यसका आधारमा प्रचलित कानुनबमोजिम जग्गाको वर्गीकरण कार्यान्वयन गर्न लागिएको हो ।

महानगरपालिकाले सम्बन्धित वडा कार्यालय, मालपोत कार्यालय तथा नापी कार्यालयलाई भू–उपयोग वर्गीकरणअनुसार आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकाका ३३ वटै वडाका झण्डै ७ लाख कित्ताको भू–उपयोग वर्गीकरण सम्पन्न भएको बताए ।

महानगरपालिका, भूमि प्रशासन र नापी कार्यालयसहितको संयुक्त बैठकबाट आवश्यक प्रक्रिया पूरा गरी महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणीकरणसमेत गरी सम्बन्धित नापी तथा भूमि प्रशासन कार्यालयलाई वर्गीकरण विवरण बुझाइसकिएको उनले जनाए ।

‘यससँगै लामो समयदेखि आम नागरिकको चासो र प्रतीक्षाको विषय बनेको “कित्ताकाट कहिले खुल्छ ?” भन्ने प्रश्नको अन्त्य भएको छ,’ आचार्यले भने, ‘अब आवश्यक प्रक्रिया पूरा गरी कित्ताकाट खुल्ला भएको छ । यसबाट जग्गा कारोबार तथा नागरिकका आवश्यक कामहरू सहज हुने विश्वास लिएका छौँ ।’

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->