बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

न्युनतम पारिश्रमिक, श्रम ऎन र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न जिसस कास्कीको आग्रह

न्युनतम पारिश्रमिक, श्रम ऎन र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न जिसस कास्कीको आग्रह


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०८३, मंगलबार

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले जिल्लामा न्युनतम पारिश्रमिक, श्रम ऎन र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न आग्रह गरेको छ।

मंगलबार जिसस कास्कीले जिल्लास्थित सम्पूर्ण क्षेत्रमा कार्यरत मजदुर, कामदारहरू र रोजगारदाताहरूको सहभागीतामा आयोजना गरेको अन्तरक्रियामा ती क्त बिषयहरू कार्यान्वयन गर्न अनुरोध गरिएको जिसस प्रमुख लिलाधर पौडेलले बताए ।

पौडेलले श्रमजीवी बर्गले पाउनु पर्ने न्युनतम पारिश्रमिक नपाएको, श्रम ऎनको प्रभाबकारी कार्यान्वयन नभएको र केही औद्योगिक ब्यबसाय, शैक्षिक संस्था, संचार संस्थासहित सार्बजनिक, सरकारी, गैरसरकारी तथा निजि क्षेत्रमा कार्यरत कामदार एबम मजदुरहरूले सामाजिक सुरक्षा कोषमा आबद्ध नगराइएको पाइएकोले सो सम्बन्धि ब्यबस्था सरोकारवालाहरूलाइ तत्काल योजना बनाइ कार्यान्वयन गर्न अनुरोध गरे ।

सो बिषय लागू भए नभएको नियमित अनुगमन समेत गर्न सरोकारवाला सरकारी निकायलाई पौडेलको आग्रह छ । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले न्युनतम पारिश्रमिक, श्रम ऎन र सामाजिक सुरक्षा कोषको आवद्धता आम श्रमजीवी मजदुरहरूको हक अधिकारसंग मात्रै सम्बन्धित नरहेर रोजगारदाताहरूको दायित्व र राज्यको कर्तब्यसंग पनि जोडिएको बिषय भएको हुँदा कास्कीमा निर्बाध थप प्रभाबकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिफन्टका रुद्र खत्री, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष शोभा गौतम, शिक्षा बिकास समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, प्रतिभा मा बि का प्राचार्य किरण सापकोटा सहितले आ आफ्नो धारणा राखेका थिए ।

श्रम कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत चण्डिका पौडेलले श्रम ऎन र न्युनतम पारिश्रमिकको कानुनि तथा नितिगत ब्यबस्थाका बिषयमा र सामाजिक सुरक्षा कोष पोखराका कार्यालय प्रमुख डिपी सुन्दर पराजुलीले कोषका सन्दर्भमा जानकारी गराएका थिए ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।

कार्यक्रममा श्रमिक, मजदुरका प्रतिनिधि सहित संचारकर्मी, रोजगारदाता, व्यवसायीहरु, सरोकारवाला सरकारी निकाय, श्रम कार्यालय, शिक्षा बिकास तथा समन्वय इकाइ, सामाजिक सुरक्षा कोषका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति रहेको जिससका सूचना अधिकारी लक्षु शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->