बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

१०० भन्दा बढी हिमताल फुट्ने खतरा

१०० भन्दा बढी हिमताल फुट्ने खतरा

हिमतालका अध्येता डा अरुणभक्त श्रेष्ठ हिमतालको जोखिम जहिले पनि जति बेला पनि हुने भएकाले यसको जोखिम न्यूनीकरण गरिहाल्नु पर्ने र हुन सक्ने क्षति कम गर्न पूर्वसूचना प्रणाली विकास र विस्तार गर्नुपर्ने विचार राख्छन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०८३, बुधबार
सोलुखुम्बु जिल्लामा पर्ने इम्जा हिमताल ।

पोखरा/नेपालमा कम्तीमा एक सयभन्दा बढी हिमताल फुट्ने खतरा रहेको विज्ञहरूले बताएका छन् । म्यानमारदेखि अफगास्तिानसम्मका हिन्दकुश हिमालय क्षेत्रमा सबैभन्दा बढी जोखिममा रहेका तालको संख्या नेपाल र तिब्बतमा रहेको बिभिन्न अध्ययनले देखाएका छन् ।

हिमतालको विषयमा विद्यावारिधि गरेका वैज्ञानिक डा नितेश खड्काले हिमतालको उच्च जोखिम नेपाल र तिब्बती क्षेत्रमा बढी देखिएको बताए । भारत लगायतका अन्य मुलुकमा हिन्दकुश हिमालय क्षेत्र फैलिएको भए पनि ती मुलुकमा जोखिमयुक्त हिमताल कम रहेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले हिमतालसम्बन्धी अध्ययन २०२० मा प्रकाशित गरेका थियो । सो प्रतिवेदनमा नेपालको हिमाली क्षेत्रमा रहेका २१ वटा ताल फुट्ने जोखिम जहिले पनि उल्लेख थियो ।

नेपालमा २ हजार ३ सयभन्दा बढी हिमताल छन् । हिमतालका अध्येता डा अरुणभक्त श्रेष्ठ हिमतालको जोखिम जहिले पनि जति बेला पनि हुने भएकाले यसको जोखिम न्यूनीकरण गरिहाल्नु पर्ने र हुन सक्ने क्षति कम गर्न पूर्वसूचना प्रणाली विकास र विस्तार गर्नुपर्ने विचार राख्छन् ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको आर्थिक सहयोगमा नेपाली सेनाले इम्जा हिमतालको जल सतह घटाउने काम गरेको थियो । सो हिमतालको पानी निकास गर्न पक्की संरचना निर्माण गरी तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली विकास गरिएको छ । इम्जा र च्छो रोल्पा हिमताल जस्तै चरणबद्ध रुपमा सबै तालहरुको जोखिम न्यूनीकरण गर्नुपर्ने डा श्रेष्ठको भनाइ छ ।

नेपालका अधिकांश ठूला हिमनदीका मुहान तिब्बत भएकाले तिब्बती क्षेत्रमा रहेका जोखिमयुक्त हिमतालको प्रत्यक्ष असर नेपालमा पनि पर्ने भएकाले नेपाल झन खतराको अवस्था छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->