आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३
  • ४ असोज २०८३ , आइतबार
  • September 20 2026

पत्रकार नेपाललाई पुरस्कार

पत्रकार नेपाललाई पुरस्कार


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०८३, आइतबार

पोखरा/पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार विजय नेपाललाई सम्मान गरेको छ । सहकारीको शनिबार भएको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा उनलाई नगद, दोसल्ला, र सम्मानपत्रसहित सम्मान गरिएको हो ।

नेपाल आदर्श समाज राष्ट्रिय दैनिकको कार्यकारी सम्पादक हुन् । सहकारीले प्रत्येक ४ वर्षमा सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा प्रमुख डा हुमप्रसाद न्यौपाने, पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुली, सहकारीका पूर्वअध्यक्ष कुलप्रसाद घिमिरे लगायतले बोलेका थिए ।

सभामा सहकारीमा उत्कृष्ट बचत कारोबार गर्ने सेयर सदस्य सरस्वती श्रेष्ठ र उत्कृष्ट आर्थिक कारोबार गर्ने लोकबहादुर राना, सेयर सदस्यका छोराछोरीमध्ये एसइई उत्तीर्ण विल्सन न्यौपाने, शिचु श्रेष्ठ, सात्विक विक्रम शाह, दीक्षित गौतम, मिलन घर्तीमगर सम्मानित बने । सहकारीमा हाल ५ सय ३४ सेयर सदस्य छन् यसैबीच, सहकारीको तेस्रो अधिवेशनले थापाको अध्यक्षतमा नयाँ सञ्चालक समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सुनीलप्रसाद अर्याल, सचिव युमाया पुन पचभैया र कोषाध्यक्षमा पदमप्रसाद पोखरेल चुनिए । सञ्चालक समितिको सदस्यमा इन्दिरा कँडेल, निर्मला विक, अनुपमान कर्माचार्य, रमेशकुमार पौडेल र गिरीराज पोखरेल चुनिए ।

लेखा समिति संयोजकमा दामोदर बस्याल र सदस्यद्वयमा ऋषिराम सिग्देल र डिलेश्वर आचार्य छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->